छैठौं शुभकामना भेट्रान्स दौड प्रतियोगिता सम्पन्न

शनिबार, ०७ भदौ २०८२, १६ : ४०

काठमाडौं- बुद्धवीर लामा चौंधौं गितिमय सांगितिक साँझको तयारी सहित छैठौं शुभकामना भेट्रान्स दौड प्रतियोगिता सम्पन्न भएको छ । 

शनिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भएको दौड सुन्धारा, रत्नपार्क, जमल, केशरमहल, दरबारमार्ग, सहिदगेट हुँदै पुन रंगशालामा आएर समाप्त भएको थियो । 

बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालको संयुक्त आयोजनामा सम्पन्न दौडमा ५० वर्ष माथि पुरुष तर्फ जापानका धावक मिजुकी मात्सुजुकी प्रथम, नेपालका राजेश महर्जन दोस्रो तथा रामकुमार रायमाझी तेस्रो हुन सफल भएका थिए । 

यस्तै ३५ वर्ष माथि पुरुष तर्फ दिेनेश महर्जन पहिलो, सुनिल महर्जन दोस्रो र नवराज कार्कीले तेस्रो स्थान हासिल गरे । खुल्ला पुरुष तर्फ आयुष चाम्लिङ, सुनज विक र अभिनारायण अधिकारी क्रमश पहिलो, दोश्रो र तेस्रो भए । 

यसैगरी ३५ वर्ष माथि उमेर समुहकै महिला तर्फ कल्पना महर्जन पहिलो, चारु अर्याल दोस्रो र उर्मिला शाक्यले तेस्रो स्थान हासिल गरेका छन् । ६५ वर्ष माथि पुरुष तर्फ जापानी खेलाडि नोरी हिकोवातान्ने पहिलो र नेपालका पुष्पलाल श्रेष्ठ दोस्रो हुन सफल भए । 

यस्तै ७० वर्ष माथि उमेर समुहको पुरुष तर्फकै प्रतिष्पर्धामा मंगलदास तण्डुकार र गजेन्द्र लाल प्रधानले क्रमश पहिलो र दोस्रो स्थान हासिल गर्न सफल भएका थिए । 

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि किर्तिमानी धावक बैकुण्ठ मानन्धर र विशेष अतिथि बुद्धवीर लामाले पुरस्कार प्रदान गरे । प्रतियोगितामा १३० खेलाडीहरुले सहभागिता जनाएका थिए ।
 

शनिबार, ०७ भदौ २०८२, १६ : ४०

प्रतिक्रिया