काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला २३ सय ५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया