भयावह बन्दै वैदेशिक रोजगारी, एक महिनामै १७४ जनाको शव नेपाल ल्याइयो

आइतबार, ०८ भदौ २०८२, १५ : ०२

काठमाडौं– पछिल्लो सयम वैदेशिक रोजगारीमा गएका नेपालीहरुको शव दैनिक जसो त्रिभुवन विमान्स्थलमा आउने गरेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांक अनुसार हरेक दिन सरदरमा ४ देखि ५ जनाको शव आउने गरेको हो ।

भन्सार कार्यालयको तथ्यांक अनुसार गत साउन महिनामा मात्रै १७४ जनाको शव नेपाल ल्याइएको हो । कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, कतारलगायतका देशमा मृत्यु भएका नेपालीहरूको शव ल्याईएको हो ।

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीमा रहेका एक हजार २५५ जनाको मृत्यु भएको थियो । 

यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर मृत्यु भएपछि बोर्डबाट आर्थिक सहायता प्राप्त गरेकाहरूको तथ्यांक हो ।

 
 
आइतबार, ०८ भदौ २०८२, १५ : ०२

प्रतिक्रिया