नेपाल इन्स्योरेन्सले वार्षिकोत्सवका अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने

सोमबार, ०९ भदौ २०८२, ०९ : ५३

काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७८ औं वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

फुटसल प्रतियोगिता असोज ३ र ४ गते सामाखुसी फुटसलमा आयोजना गर्न लागिएको हो । उक्त प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण ,जीवन, निर्जिबन लघु तथा पुनर्बीमा कम्पनीहरु सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने टिमलाई ट्रफि र प्रमाणपत्र बितरण गरिने छ । 

यस कार्यक्रमको उद्देश्य मनोरन्जनका साथै बीमा क्षेत्रसंग सम्बन्धित कर्मचारीहरुबीच एक आपसमा समन्वय, सदभाव, आत्मविश्वास र स्वास्थ्य सम्बन्धी चेतनाको विकास गर्ने रहेको कम्पनीले जनाएको छ । 

 
सोमबार, ०९ भदौ २०८२, ०९ : ५३

प्रतिक्रिया