सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो

बुधबार, ११ भदौ २०८२, १० : ४२

काठमाडौं– नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो । 

यस्तै छापावाल सुन १० ग्रामको भने १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

यसैबिच बुधवार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार घटेर तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको हो । 

 
बुधबार, ११ भदौ २०८२, १० : ४२

प्रतिक्रिया