अण्डाको मूल्य फेरि बढ्यो, प्रति क्रेट ५४५ रुपैयाँ पुग्यो

बुधबार, ११ भदौ २०८२, १३ : ४४

काठमाडौं– नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य फेरि बढाएको छ ।  संघ कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार भोलिबाट लागू हुनेगरी अण्डाको मूल्य बढेको हो ।

अब फार्मबाट होलसेल मूल्य प्रति क्रेट ठुलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५३० रुपैयाँ प्रति क्रेट र सानो अण्डा ३ हजार रुपैयाँ  प्रति पेटी तोकिएको हो । उपभोक्ताका लागि अण्डाको नयाँ मूल्य प्रति गोटा २३ रुपैयाँ २ गोटाको ४५ रुपैयाँ तोकिएको छ ।

यसअघि ४ भदौमा अण्डाको मूल्य बढाएर प्रति क्रेट ठुलो अण्डा ५३० रुपैयाँ तोकेको थियो । यस्तै मिडियम अण्डाको मूल्य ५१५ रुपैयाँ प्रतिक्रेट तोकिएको थियो । 

संघले चितवनबाट लोड भई देशभरिका अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी  १३० रुपैयाँ थप लाग्ने जानकारी गराएको छ ।

 

 
बुधबार, ११ भदौ २०८२, १३ : ४४

प्रतिक्रिया