बजाज प्रिमियर लिग (BPL) : मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव

बुधबार, ११ भदौ २०८२, १६ : ५९

काठमाडौं–नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले दसैँ र तिहारलाई लक्षित गरि ‘बजाज प्रिमियर लिग’ (BPL) सार्वजनिक गरेको छ । नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग’ (BPL) सुरु गरेको हो ।

हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागु हुने छ । यस क्याम्पेनका मुख्य आकर्षणहरू जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा ५०,००० नगद उपहार, Player of the Week बन्ने ग्राहकलाई रु. १ लाख नगद, चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर मिल्ने छ ।

बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउनेछन् । यस क्याम्पेनले मोवाइल गेमप्रेमीहरुलाई लक्षित गरेर मोवाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवसर प्रदान गरेको छ । यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने छ ।

बुधबार, ११ भदौ २०८२, १६ : ५९

प्रतिक्रिया