सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला दुई लाख नजिक

विहीबार, १२ भदौ २०८२, १० : ४८

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार छापावाल सुन तोलामा एक लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै बिहीबार चाँदीको मूल्य प्रतितोला २३ सय ५५ रुपैयाँ कायम भएको छ।

 
 
 
विहीबार, १२ भदौ २०८२, १० : ४८

प्रतिक्रिया