सुनको मूल्य तोलाको २ लाखमाथि, चाँदीको कति ?

शुक्रबार, १३ भदौ २०८२, ११ : ०९

काठमाडौँ–नेपाली बजारमा सुनको मूल्य तोलाको २ लाख रुपैयाँमाथि कारोबार भएको छ । सुनको मूल्य आज शुक्रबारमात्र १ हजार ६०० रुपैयाँले बढेर २ लाख ६ सय रुपैयाँमा कारोबार भएको हो । शुक्रबारका लागि तोकेको यो मूल्य हालसम्मकै उच्च हो ।

बिहीबार सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 
शुक्रबार, १३ भदौ २०८२, ११ : ०९

प्रतिक्रिया