काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनचाँदी दुवैको मूल्यमा हालसम्मकै उच्च रेकर्ड बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । यससँगै आइतबार चाँदीको मूल्य हालसम्मकै उच्च अर्थात् तोलामा २ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया