आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ५ हजार माथि

सोमबार, १६ भदौ २०८२, १० : ५१

काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । केहीदिन यता उकालो लागि रहेको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख पाँच हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । यससँगै सोमबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४ सय ७० रुपैयाँ कायम भएको छ ।

 
सोमबार, १६ भदौ २०८२, १० : ५१

प्रतिक्रिया