लगातार बढ्दै सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

मंगलबार, १७ भदौ २०८२, १० : ५१

काठमाडौं- नेपाली बजारमा मंगलबार पनि सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड बनेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा दुई लाख पाँच हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार छापावाल सुन तोलामा दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य पनि किर्तीमानी उचाईमा पुगेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ४ सय ८५ रुपैयाँमा कायम भएको छ ।

 
मंगलबार, १७ भदौ २०८२, १० : ५१

प्रतिक्रिया