काठमाडौं- धौलागिरी लघुवित्त वित्तीय संस्थाको २ लाख २ हजार ५०० कित्ता सेयरको लकइन अवधि सकिने भएको छ ।
संस्थापक समूहको दुई लाख एक हजार र कर्मचारीहरूको १५ सय कित्ता सेयरको भदौ १९ गते लक इन अवधि समाप्त हुन लागेको हो ।
संस्थाका अनुसार कम्पनी सञ्चालक समितिका पदाधिकारीहरू तथा व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले पदमा बहाल रहुन्जेल र अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म खरिद–बिक्री गर्न पाइने छैन।
प्रतिक्रिया