काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो ।
यससँगै आज बुधबार छापावाल सुन तोलामा दुई लाख सात हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै,आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै बुधबार चाँदीको मूल्य तोलामा दुई हजार ४ सय ८० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया