मल्टीपर्पस फाइनान्सको सीइओमा पुनः रजनीश कुमार सिंह नियुक्त

बुधबार, १८ भदौ २०८२, १३ : ४६

काठमाडौं- मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः रजनीश कुमार सिंह नियुक्त भएका छन् । 

कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई ४ वर्षको लागि भदौ २५ गतेदेखि लागु हुने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

 
बुधबार, १८ भदौ २०८२, १३ : ४६

प्रतिक्रिया