सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

विहीबार, १९ भदौ २०८२, १० : ५१

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । निरन्तर उच्च मूल्यको रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने स्थिर भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बुधबारकै मूल्य अर्थात् प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँ कायम भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि स्थिर रहको छ । यससँगै आज चाँदी तोलामा दुई हजार ४ सय ८० रुपैयाँ कायम भएको हो । 

 
विहीबार, १९ भदौ २०८२, १० : ५१

प्रतिक्रिया