काठमाडौं– काठमाडौं उपत्यकामा दशैंका लागि खपत हुने खसी, बोका र च्याङ्ग्राको यकिन तथ्यांक नभेटेपनि कंलकी खसी बजार, ब्यक्तिगत र अन्य स्थानबाट वितरण भएका खसी, बोका र च्याङ्ग्राले उपत्यकाबासीको माग धानिरहेको छ । मुलुकका विभिन्न जिल्लादेखि भारतसम्मबाट नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) मा भित्रिएका ३० देखि ३५ हजार खसी, बोका र च्याङ्ग्रा सहित व्यक्तिगत र अन्य स्थानबाट आएकाले दशैंको माग धानिरहेको हो ।
दशैंलाई लक्षित गरी उपत्यकाको विभिन्न स्थानमा राखिएको बजार, नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार), खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाको उक्त मागलाई धान्ने गरि खसी, बोका र च्याङ्गा खरिद–विक्री गर्ने गरेका हुन् । काठमाडौं उपत्यकामा दशैंका लागि चाहिने खसी, बोका र च्याङ्ग्राको ९५ प्रतिशत माग स्वदेशी (नेपाल) ले धान्ने गरेको छ भने बाँकी ५ प्रतिशत माग भारतीय उत्पादनले धान्ने गरेको हो ।
नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) ले काठमाडौं उपत्यकाको एक तिहाई (१/३) भागको माग पुरा गर्दै आएको छ । बाँकी दुई तिहाई (२/३) भागको माग काठमाडौं उपत्यकाको विभिन्न स्थानमा राखिएको बजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पुरा गर्ने गरेको छ ।
काठमाडौं उपत्यकाको १६–१७ वर्ष अघिको तुलानामा हाल खसी–बोकाको मागमा धेरै कमी आएको नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) ले जनाएको छ । उपभोक्ताले खपत गर्ने खसी, बोका र च्याङ्ग्राको मासुको विकल्पमा अन्य पशुपंक्षि पर्न थालेसँगै खपतको अनुपातमा गिरावट आउन थालेको हो ।
यस्तो छ खसी–बोका र च्याङ्ग्रा दशैंमा खपत र ल्याउने स्थान
प्रत्येक वर्षको दशैंमा काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला) मा नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) ले औसतमा ३० देखि ३५ हजार खसी, बोका र च्याङ्ग्रा वितरण गर्ने गरेको छ । प्रत्येक वर्षको दशैंमा नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) ले एक्लैले २२ देखि २५ हजार खसी र बोका वितरण गर्ने गरेको छ भने ३ देखि ४ हजार च्याङ्गा दशैंका लागि काठमाडौं उपत्यकामा वितरण गर्ने गर्दछ ।
दशैंका लागि चाहिने एक तिहाई (१/३) खसी, बोका र च्याङ्ग्राको मागलाई नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) ले धान्ने गरेको हो । अर्थात काठमाडौं उपत्यकाको ६० प्रतिशत मागलाई कंलकी खसीबजारले पुरा गर्ने गरेको नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) ले जनाएको छ । दशैंका लागि खसी, बोका र च्याङ्गाको बाँकी ४० प्रतिशत माग अर्थात दुई तिहाई (२/३) भागको माग काठमाडौं उपत्यकाको विभिन्न स्थान र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पुरा गर्ने गरेको छ ।
व्यक्तिगत रुपमा खसी, बोका र च्याङ्ग्रा विक्री गर्ने व्यापारीले पनि काठमाडौं उपत्यकाको माग धानिरहेका छन् । बालाजूको बजार, तिनकुने, कोटेश्वर, टुकुचा बजार, सातदोबाटो र चोकपिच्छे लाग्ने बजारले काठमाडौं उपत्यकालाई चाहिने खसी, बोका र च्याङ्गा उपत्यकाबासीलाई उपलब्ध गराउँदै आइरहेका छन् ।
‘दशैंमा कंलकी खसी बजारले काठमाडौं उपत्यकाबासीको औसतमा ३० देखि ३५ हजार हाराहारी खसी, बोका र च्याङ्गाको माग पुरा गर्ने गर्दछ । यहाँ थप माग आएपनि ४ सय देखि ५ सयसम्म मात्रै थप हुने गर्दछ ।’, नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) का व्यवसायी भोला श्रेष्ठले आजको अर्थलाई भने, ‘अघिल्लो वर्ष हामीले जिउँदो खसी–बोका प्रतिकेजि ७ सय ५० रुपैयाँ हाराहारी बेचेका थियौँ । च्याङ्ग्रालाई प्रतिकेजि १३ सय ५० हाराहारी बेचेका थियौँ । यो वर्ष जिउँदो खसी, बोका र च्याङ्गा प्रतिकेजि १० देखि २० रुपैयाँसम्म महङ्गो हुन सक्दछ ।’
आगामी दशैंका लागि जिउँदो खसी, बोका र च्याङ्गाको आधिकारिक मूल्य तय नभएपनि व्यवसायीले मूल्य बढ्न सक्ने अनुमान गरिरहेका छन् । दशैंका लागि खसी, बोका र च्याङ्ग्राको वास्तविक बजारको मूल्य भने आउन केहि समय लाग्ने व्यवसायीको भनाई छ । दशैंका लागि काठमाडौं उपत्यकालाई चाहिने खसी, बोका र च्याङ्गा नेपालका विभिन्न जिल्लाबाट ल्याइने गरिन्छ । नेपाली उत्पादनले नै काठमाडौं उपत्यकाको ९५ प्रतिशत माग धान्ने गरेको छ ।
दशैंका लागि पूर्वका जिल्ला उदयपुर, सिन्धुली, खोटाङ, गाईघाट, झापा, इलाम, धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बुबाट खसी र बोका काठमाडौंमा ल्याउने गरिन्छ । पश्चिमको मनाङ र मुस्ताङ जिल्लाबाट काठमाडौं उपत्यकालाई चाहिने च्याङ्ग्रा ल्याउने गरिन्छ । काठमाडौं उपत्यकालाई चाहिने बाँकी ५ प्रतिशत खसी र बोका भारतबाट ल्याइने गरिन्छ ।
खसी, बोका र च्याङ्ग्राको माग काठमाडौं उपत्यकामा १६–१७ वर्ष पहिलेको तुलानामा अहिले कमी आइरहेको छ । कंलकी खसी बजारमा मात्रै १६–१७ वर्ष पहिलेको तुलानामा अहिले खसी, बोका र च्याङ्गाको विक्रीमा १० हजार हाराहारीले कमी आएको छ ।
‘१६–१७ वर्ष पहिले काठमाडौं उपत्यकामा दशैंमा मात्रै कंलकी खसी बजारबाट ४० देखि ४५ हजार हाराहारी खसी, बोका र च्याङ्गा वितरण हुन्थ्यो । अहिले कंलकी खसी बजारबाट खसी, बोका र च्याङ्गाको त्यो वितरण संख्या ३० देखि ३५ हजारमा आएको छ । खसी र बोका पहिले जस्तो विक्री भइरहेको छैन ।’, नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.लि. (कंलकी खसीबजार) का प्रबन्ध निर्देशक जीवन खतिवडाले भने, ‘उपत्यकाबासीको खसी र बोकाको मासुप्रति आकर्षण घटेको छ । उनीहरुको आकर्षण खसी र बोकाको मासुबाट अन्य पशुपंक्षिमा डाइर्भट (सरेको) भइरहेको छ । उनीहरु बंगुर, सी–फुड (समुन्द्रमा पाइने जीवजन्तु–माछा) लगायतमा आकर्षित हुँदा खसी र बोकाको विक्री कम भएको हो ।’
खसी, बोका र च्याङ्ग्राको मासु अन्यको तुलानामा महङ्गो पर्दछ । औसतमा राँगा र बंगुरको मासुको तुलानामा खसी, बोका र च्याङ्गा दोब्बर महङ्गो पर्दछ । यसले गर्दा पहिलेको तुलानामा खसी, बोका र च्याङ्गा कम विक्री भएका हुन् भने अन्य पशुपंक्षिमा उपत्यकाबासी आकर्षित भइरहेका छन् । हाल चाडपर्व बाहेक सामान्य अवस्थामा पनि खसी, बोका र च्याङ्गाको मागमा कमी नै आइरहेको छ ।
खसी–बोका र च्याङ्ग्राको सुरु भयो अनलाइन बुकिङ
दशैंलाई लक्षित गरि नीजि र व्यक्तिगतले मात्र नभई सरकारले पनि खसी, बोका र च्याङ्गा ल्याउने गर्दछ । यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्यमा खसी, बोका र च्याङ्ग्रा विक्री गर्ने गर्दछ । यस वर्ष कम्पनीले २ हजार हाराहारी खसी, बोका र च्याङ्गा विक्री गर्ने योजना बनाइरहेको छ । कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा खसी, बोका र च्याङ्ग्रामा बजारको तुलानामा प्रतिकेजि १० रुपैयाँसम्मको छुट दिएर विक्री गर्न लागेको हो ।
यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरिसकेको छ । दशैंलाई लक्षित गरि उपभोक्ताका लाीग खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलबार (२०८२ साल भदौ १७ गते) देखि अनलाइन प्रि–बुकिङ सुरु गरेको हो । यो अनलाइन बुकिङ भदौ ३० (२०८२ साल भदौ ३० गते) सम्म खुल्ला रहनेछ । बुकिङ गर्दा एक पटकमा अधिकतम १० वटासम्म छनोट गर्न सकिने छ ।
यसका लागि उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमा गएर आफुलाई चाहिएको खसी, बोका र च्याङ्ग्रा छनोट गर्न सक्नेछन् । बुकिङका लागि उपभोक्ताले अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ । एउटा च्याङ्गाका लागि ५ हजार र एउटा खसी–बोकाको लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क लाग्ने छ । यो शुल्क केबल बुकिङ सुनिश्चित गर्नका लागि मात्रै गरिएको हो ।
खसी, बोका र च्याङ्ग्राको अन्तिम मूल्य भने तौलका आधार निर्धारण गरिने छ । कम्पनीले २० देखि २५ किलो र २५ देखि ३०, ३० देखि ३५ किलो र ३५ देखि ४० किलोसम्मका तौल समूहमा खसी–बोका र च्याङ्ग्रा छनोट गर्ने विकल्प अनलाइनमा राखेको छ । अन्तिम विक्री मूल्य कम्पनीको तत्कालीन विक्री मूल्यमा तौल अनुसार तय गरिने र भुक्तानी गरिएको अग्रिम रकम कुल विलबाट घटाइने छ । अनलाइन बुकिङ गर्दा नै उपभोक्ताले आफुलाई पायक पर्ने र सहज हुने मिति छनोट गर्न सक्ने छन् ।
बुकिङ र भुक्तानी प्रक्रिया पुरा भएपछि उपभोक्ताले एस.एम.एस. मार्फत एउटा कोड र खसी–बोका र च्याङ्गा बुझिलिन आउने मितिसहित जानकारी पाउने छन् । उपभोक्ताले सोहि कोड र निर्धारित मितिमा उपस्थित भएर कम्पनीको विक्री केन्द्रबाट आफ्नो खसी–बोका र च्याङ्ग्रा लिन सक्ने छन् । बुकिङ गरिएका खसी, बोका र च्याङ्ग्रा घटस्थापनादेखि सप्तमीसम्म वितरण गरिने छ ।
प्रतिक्रिया