सुनको मूल्य तोलाको २ लाख १० हजार नाघ्यो, चाँदी पनि बढ्यो

शुक्रबार, २० भदौ २०८२, ११ : ५८

काठमाडौं–  सुनको मूल्य पछिल्लो समय निरन्तर बढिरहेको छ । 

यस्तै, शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा  २ हजार ५ सय रुपैयाँले बढ्दै आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । 

यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 
 
शुक्रबार, २० भदौ २०८२, ११ : ५८

प्रतिक्रिया