काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला ५०० रुपैयाँले ओरालो लागेको हो ।यससँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि छापावाल सुनको मूल्य हालसम्मकै उच्च मूल्य अर्थात् २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदीको मूल्य तोलामा दुई हजार ५ सय ५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया