आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख १५ हजार माथि

शुक्रबार, २७ भदौ २०८२, १० : ५७

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो । यससँगै शुक्रबार छापावाल सुनको मूल्य तोलामा दुई लाख १५ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा दुई हजार ५ सय ६५ रुपैयाँ कायम भएको छ । 

शुक्रबार, २७ भदौ २०८२, १० : ५७

प्रतिक्रिया