जेन–जी आन्दोलनमा २ दर्जन होटलमा क्षति, २५ अर्बको नोक्सानी

शुक्रबार, २७ भदौ २०८२, १२ : १९

काठमाडौं–२०८२ साल भदौ २३ र २४ गते प्रदर्शनकारीले गरेको आन्दोलनको क्रममा झन्डै २ दर्जन होटलहरूमा ठूलो क्षति पुगेको छ । संकलित प्रारम्भिक जानकारी अनुसार झन्डै २ दर्जन होटलमा क्षति पुग्दा करिब २५ अर्बको नोक्सानी भएको हो ।

काठमाडौं, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्डका होटलहरूमा प्रत्यक्ष क्षति पुगेको हो । होटलमा तोडफोड, आगजनी र लुटपाट भएको छ । काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्ब भन्दा बढीको क्षति भएको छ ।

यो सँगै देशभरी करिब २५ अर्ब भन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ । प्रभावित होटलहरु मर्मत सम्भार र पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने अवस्थामा छन् । करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजिरोटीमा समेत प्रत्यक्ष प्रभाव परेको छ ।
 

शुक्रबार, २७ भदौ २०८२, १२ : १९

प्रतिक्रिया