काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले ६ प्रदेशका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।
कम्पनीले कोशी प्रदेशको ओखलढुङगा, न्युरोड (विराटनगर) र विर्तामोडका लागि, मधेश प्रदेशको लालबन्दीका लागि, बागमति प्रदेशको सिन्धुलीका लागि, लुम्बिनी प्रदेशको नेपालगञ्ज, राप्ती सोनारी, चन्द्रौटा, तुल्सीपुर र भालुवाङका लागि, सुदुरपश्चिम प्रदेशको बझाङ र डडेल्धुराका लागि र कर्णाली प्रदेशको दुनाईका लागि कर्मचारी माग गरेको हो ।
यस पदमा आवेदन दिनका लागि सम्बन्धी विषयमा स्नातक वा स्नाकोत्तर गरेको र इन्स्योरेन्स तथा बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ ।
यसका लागि इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया