काठमाडौं- नेपाली बजार बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । यससँगै बुधबार सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको छ । यससँगै बुधबार चाँदीको मूल्य तोलामा दुई हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया