सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ?

शुक्रबार, ०३ असोज २०८२, ११ : ०८

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ८ सय रुपैयाँले बढ्दै २ लाख १६ हजार कायम भएको हो ।  

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।  बिहीबार तोलामा २ हजार ५२० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलाको २ हजार ५ सय ८० कायम भएको महासंघले जनाएको छ ।

 
शुक्रबार, ०३ असोज २०८२, ११ : ०८

प्रतिक्रिया