काठमाडौँ–ऊर्जा जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय अन्तर्गत लामो समयदेखि अलपत्र विकास आयोजनाका ठेक्का तोडिने भएको छ । तीनवटै जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई यस्ता आयोजनाको सूची तत्काल तयार गर्न निर्देशन दिएका हुन् ।
सिँचाई आयोजना अन्तर्गत राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्यीय, भौतिक पूर्वाधार अन्तर्गत तीन सयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् ।
प्रतिक्रिया