सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति पुग्यो ?

आइतबार, ०५ असोज २०८२, १० : ४७

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार १०० रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा दुई लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूलय प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा दुई हजार ६ सय २० रुपैयाँ कायम भएको छ । 

 
आइतबार, ०५ असोज २०८२, १० : ४७

प्रतिक्रिया