फर्स्ट माइक्रोफाइनान्सद्वारा मर्जर कमिटी गठन

आइतबार, ०५ असोज २०८२, १२ : ३१

काठमाडौं- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर कमिटी गठन गरेको छ।

संस्थाले संस्थाका सञ्चालक लक्ष्मणप्रसाद जैसीको संयोजकत्वमा तीन सदस्यीय मर्जर तथा प्राप्ति कमिटी गठन गरेको छ। यो कमिटीको सदस्यमा सञ्चालक युवराज क्षेत्री र सदस्यसचिवमा प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेका छन्।

अन्य लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी आवश्यक छलफल तथा गृहकार्य गर्नका लागि मर्जर कमिटी गठन गरिएको संस्थाले जनाएको छ।

 
आइतबार, ०५ असोज २०८२, १२ : ३१

प्रतिक्रिया