समता घरेलु लघुवित्तको १० हजार कित्ता सेयर सेयर बिक्रीमा

सोमबार, ०६ असोज २०८२, ११ : ४४

काठमाडौं- समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीले हाल यी सेयर राष्ट्र बैंकको निर्देशनानुसार कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

यो सेयर किन्न इच्छुक सेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेसेयर संख्या र सोको मूल्य समेत खुलाएर निवेदन दिनुपर्नेछ।

तोकिएको समयावधिभित्र सेयर खरीदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

 
सोमबार, ०६ असोज २०८२, ११ : ४४

प्रतिक्रिया