काठमाडौं- नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन हजार ९०० रुपैयाँले बढेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो । यसअघि सोमबार सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै मंगलबार चाँदीको मूल्य प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया