सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड बन्दै, प्रतितोला कति पुग्यो ?

बुधबार, ०८ असोज २०८२, ११ : ०३

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो । 

यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा दुई लाख २३ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ कायम भएको छ ।

 
बुधबार, ०८ असोज २०८२, ११ : ०३

प्रतिक्रिया