नेरूडे मिर्मिरे लघुवित्तको अध्यक्षमा राजकुमार राई नियुक्त

बुधबार, ०८ असोज २०८२, १२ : २१

काठमाडौं- नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सञ्चालक राजकुमार राई नियुक्त भएका छन् ।

बनेपा नगर पालिका वडा नं ८ केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका राईले नेपाल राष्ट्र बैंकमा शपथ ग्रहण गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष राईले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

 
बुधबार, ०८ असोज २०८२, १२ : २१

प्रतिक्रिया