सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, ०९ असोज २०८२, १० : ४९

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले घटेको हो । 

यससँगै बिहीबार छापावाल सुनको मूलय तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला दुई हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ । 

 
विहीबार, ०९ असोज २०८२, १० : ४९

प्रतिक्रिया