वायुसेवा निगमले सिधै चीनको ग्वाङ्जाओमा उडान भर्दै

विहीबार, ०९ असोज २०८२, १३ : ४२

काठमाडौं–नेपाल वायुसेवा निगमले पहिलोपटक काठमाडौंबाट सिधै चीनको ग्वाङ्जाओमा उडान गर्दैछ । ग्वाङ्जाओ–काठमाडौं उडान सातामा तीन वटा गर्ने निगमको तालिका रहेको छ । निगमले पहिलो उडान असोज ९ र दोस्रो असोज १२ गते गर्दै छ । त्यसपछि असोज ३० गते र कात्तिक २ र ६ गते उडाने गर्ने छ ।

काठमाडौं–ग्वाङ्जाओ उडानको भाडादर एकतर्फी ३० हजार र दोहोरो ५० हजार तोकिएको छ । त्यसपछि भने निगमले हरेक आइतबार, मंगलबार र शनिबार ग्वाङ्जाओ उडान गर्ने गरी तालिका तय भएको छ ।

हाल वायुसेवा निगमसँग भएको अन्तर्राष्ट्रिय उडानका २ वटा न्यारोबडी र दुइवटा वाइडबडी जहाजबाट कतारको दोहा, मलेसियाको क्वालालम्पुर, यूएईको दुवई, हङकङ, भारतको दिल्ली, मुम्मई, वैङ्लोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारिता उडान गर्दै आएको छ ।
 

विहीबार, ०९ असोज २०८२, १३ : ४२

प्रतिक्रिया