सुनचाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

आइतबार, १२ असोज २०८२, ११ : ०९

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले बढेको हो । 

यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा दुई लाख २३ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि ७० रुपैयाँले बढेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा दुई हजार ८ सय १० रुपैयाँमा कायम भएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला दुई हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

 
आइतबार, १२ असोज २०८२, ११ : ०९

प्रतिक्रिया