नेष्डो समृद्ध लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी

आइतबार, १२ असोज २०८२, १२ : २९

काठमाडौं- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ३७ जना कर्मचारी माग गरेको छ।

कम्पनीले कनिष्ठ अधिकृत तृतीय (शाखा अधिकृत) पदमा ११ जना, बरिष्ठ सहायक (शाखा प्रबन्धक) पदमा १५ जना र सहायक प्रथमरसहायक द्वितीयरसहायकर कनिष्ठ सहायक प्रथक (केन्द्र प्रबन्धक) पदमा ११ जना माग गरेको हो।

शाखा अधिकृत (अधिकृत श्रेणी) का लागि स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा ३ वर्ष काम गरेको वा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्ष काम गरेको हुनु पर्नेछ।

शाखा प्रबन्धक (सहायक श्रेणी) का लागि प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षामा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा २ वर्षको अनुभव भएको वा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा ४ वर्षको अनुभव भएको हुनु पर्नेछ।

केन्द्र प्रबन्धक (सहायक श्रेणी) का लागि प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा १ वर्ष काम गरेको वा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्ष काम गरेको हुनु पर्नेछ।

उमेरको हकमा सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र अधिकृत श्रेणीका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ। योग्य तथा इच्छुक व्यक्तिले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको इमेल ठेगानामा पठाउनु पर्नेछ।

 
आइतबार, १२ असोज २०८२, १२ : २९

प्रतिक्रिया