सुनको मूल्य २ लाख ३० हजार माथि, चाँदी ३ हजार नजिक

आइतबार, १९ असोज २०८२, १२ : ३३

काठमाडौं- दसैँमा बन्द भएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि सुचारु भएको छ ।

आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। 

१२ गतेपछि पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँले बढेको हो। यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि असोज १२ मा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यसअघि असोज १२ मा २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २ हजार ९३० रुपैयाँ कायम भएको छ।

आइतबार कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।

आइतबार, १९ असोज २०८२, १२ : ३३

प्रतिक्रिया