सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड बन्दै, आज प्रतितोला कति पुग्यो ?

सोमबार, २० असोज २०८२, १० : ५५

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । 

नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य २ लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला २ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ९ सय ६० रुपैयाँ कायम भएको हो । 

 
 
सोमबार, २० असोज २०८२, १० : ५५

प्रतिक्रिया