समता घरेलु लघुवित्तको सेयर सर्वसाधारणलाई बिक्रीमा

सोमबार, २० असोज २०८२, १२ : २५

काठमाडौं- समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४० हजार ३३२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीले यसअघि सोही सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुलाएको थियो। तर तोकिएको अवधिसम्म बिक्री नभएपछि बाँकी सेयर सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो।

सो सेयर किन्न इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले अबको ७ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

 
सोमबार, २० असोज २०८२, १२ : २५

प्रतिक्रिया