सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, २१ असोज २०८२, ११ : ०५

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो । 

यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ । सोमबारको छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर भएको छ । सोमबार प्रतितोला दुई हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार हुनेछ । 
 

 
मंगलबार, २१ असोज २०८२, ११ : ०५

प्रतिक्रिया