सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

बुधबार, २२ असोज २०८२, १० : ५२

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि पनि नयाँ रेकर्ड बनाएको छ । निरन्तर बढिरहेको सुनको मूल्य आज पनि तोलामा २ हजार ६००  रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २ हजार ९ सय ५५ रुपैयाँ कायम भएको छ । 

 
बुधबार, २२ असोज २०८२, १० : ५२

प्रतिक्रिया