निवासमा महिना दिनदेखि अध्यारोमा प्रचण्ड !

६ बर्ष अगाडि


काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अन्त्य गरेर वाहवाही कमाएपनि व्यवस्थापकीय काममा ध्यान दिन नसक्दा विद्युत् प्रणाली सहज रुपमा सञ्चालन गर्न समस्या हुँदै आएको  छ । 
व्यवस्थापकीय काममा ध्यान दिन नसक्दा राजधानीमा दैनिक अघोषित रुपमा लोडसेडिङ हुँदै आएको छ  ।  
राजधानीका विभिन्न स्थानमा  दैनिक रुपमा अप्रत्याशित रुपमा बत्ती जान थालेको भन्दै गुनासो आउन थालेको छ । 
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बसेको टोल ललितपुरको खुमलटार–१५ का बासिन्दाले समेत दैनिक रुपमा अघोषित रुपमा लोडसेडिङ भइरहेको भन्दै गुनसो गरेका छन् । 
एक महिनायता दैनिक साँझको समयमा एक घण्टा जति लोडसेडिङ हुने गरेको ललितपुर महानगरपालिका वडा नम्बर १६ का सुकबहादुर रावलले  गुनानसो गरे । 
 ‘हाम्रै टोलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समेत निवास रहेको छ  । प्राधिकरणले लोडसेडिङ छैन भन्दा पनि दिनहुँ लोडसेडिङ हुन्छ ।’ यसरी लोडसेडिङ भइरहँदा प्रचण्डले यसबारे पहल गर्नुपर्ने उनको भनाई छ । 
 
प्रचण्ड निवासकै नजिक बस्ने सानुकान्छा महर्जनले पनि आफूहरु अनियमित विद्युत आपूर्तिले हैरान भएको बताए । अनियमिति रुपमा बिजुली आउने–जाने हुँदा केहि दिन अघि आफ्नो घरमा रहेको  कम्युटर नै बिग्रन पुगेको उनले बताए । 
‘कि लोडसेडिङ छ भनेर भनिदिनु पर्यो हैन भने यसरी  अनियमित बिद्युत आपूर्ति हुँदा हामीले सास्ती भोग्नु परेको छ ।’ उनले भने । 
एक महिनादेखि दिनहुँ लोडसेडिङ भइरहेको भन्दै उनले यसमा प्रचण्डले पनि आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।
 ‘गठबन्धनको सरकार छ, त्यसपछि आफ्नै पार्टीका नेता ऊर्जामन्त्री छन् यसो हुँदा पनि प्रचण्डले कुनै पहल नगर्नु अचम्मलाग्दो छ’ उनको भनाई थियो । 
 हुन त प्रचण्डको टोलमा मात्रै होइन राजधानीका अधिकांश स्थानमा लोडसेडिङ छैन भनिएपनि पटक पटकक विद्युत आपूर्ति अनियमित हुँदै आएको छ । 
सोमबारमात्रै श्वेतपत्र सार्वजनिक गर्दै ऊर्जामन्त्री वर्षमान पुनले पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य राखिएको बताएका थिए । 
 ऊर्जामन्त्रीले यस्तो कार्ययोजना प्रस्तुत गर्नु राम्रो हो । तर, तत्काल सतहमा आएका अनियमित लोडसेडिङ जस्ता स–साना समस्यामा पनि ध्यान दिनुपर्नेमा सर्वसाधारणको सुझाव छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया