सुनको मूल्य २ लाख ३९ हजार माथि, चाँदीमा पनि बन्यो नयाँ रेकर्ड

विहीबार, २३ असोज २०८२, १० : ५२

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन र चाँदीको मूल्य आज पनि बढेर हालसम्मकै उच्च मूल्यमा कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेको छ । यससँगै बुधबार प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ३ हजार २५ रुपैयाँ कायम भएको छ । 

 
 
विहीबार, २३ असोज २०८२, १० : ५२

प्रतिक्रिया