सुनको मूल्य तोलामा ४२०० रुपैयाँ घट्यो, चाँदीको मूल्य भने हालसम्मकै उच्च

शुक्रबार, २४ असोज २०८२, ११ : २३

काठमाडौं-  नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको हो । 

यसअघि बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । 

शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको मूल्य घटेपनि चाँदीको आज कायम भएको मूल्य हालसम्मकै उच्च हो । 

 
 
 
शुक्रबार, २४ असोज २०८२, ११ : २३

प्रतिक्रिया