सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

आइतबार, २६ असोज २०८२, १० : ४७

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेको हो। यससँगै आइतबार छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा ३ हजार १ सय २५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोलामा ३ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।

 
 
 
 
 
 
आइतबार, २६ असोज २०८२, १० : ४७

प्रतिक्रिया