काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यले फेरिपनि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले बढेको हो ।
यससँगै सोमबार छापावाल सुनको मूल्य तोलाका २ लाख ४० हजार ४०० रुपैयाँमा कायम भएको हो । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेको छ । यससँगै आइतबार ३ हजार ज्ञ सय २५ रुपैयाँ तोलामा कारोबार भएको चाँदी सोमबार ३ हजार २ सय २० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया