काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेको छ । सोमबार तोलामा ३ हजार २ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।
आज कायम भएको चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।
प्रतिक्रिया