समृद्धि र पोखरा फाइनान्सबीचको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

मंगलबार, २८ असोज २०८२, १२ : १०

काठमाडौं- नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सबीचको मर्जरलाई सैद्धान्तिक सहमति दिएको छ।

केन्द्रीय बैंकले असोज २७ गते सोमबार पत्र पठाउँदै मर्जर प्रयोजनका लागि कार्यसम्पादन गर्न दुवै फाइनान्सलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो। दुवै कम्पनीबीच गत साउन ४ गते आपसमा मर्जर हुने सम्झौता भएको थियो।

मर्जरपछि कम्पनीको चुक्तपुँजी, कर्जा लगानी, शाखा सञ्जाल, ग्राहक संख्याका साथै देशव्यापी गुणस्तरीय सेवा विस्तार हुने विश्वास दुवै कम्पनीको रहेको छ। समृद्धि फाइनान्सको २३ औँ र पोखरा फाइनान्सको २७ औँ वार्षिक साधारणसभाले दुवै कम्पनी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो।

प्रारम्भिक सझदारीअनुसार मर्जर प्रयोजनका लागि दुवै कम्पनीको सेयर स्वामित्व बराबर अर्थात १ः१ अनुपात कायम गरिएको छ। यदि डीडीए प्रतिवेदनमा १० प्रतिशतभन्दा फरक भएमा प्राप्त निवेदनउपर संयुक्त मर्जर समितिमा विस्तृत रुपमा छलफल गरी दुवै संस्थाको शेयर स्वाप रेसियो कायम गरिने सहमति भएको छ।

 
मंगलबार, २८ असोज २०८२, १२ : १०

प्रतिक्रिया