धादिङबेसीमा रिलायन्स फाइनान्सको शाखा उद्घाटन

बुधबार, २९ असोज २०८२, १० : ३९

काठमाडौं- रिलायन्स फाइनान्स लिमिटेडले गोरखा जिल्ला आरुघाट बजारबाट धादिङ जिल्ला धादिङवेसीमा स्थानान्तरण गरेको धादिङ शाखा कार्यालयको उद्घाटन गरेको छ । 

नेपाल राष्ट्र बैकबाट “ग” बर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६/०८/१० मा प्राप्त गरि मिति २०६६/०८/१८ बाट संचालनमा आएको यस संस्थाको कामनपा १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालय संचालन गरेको छ ।

कम्पनीको नयाँ शाखाको उद्घाटन रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीले गरेका हुन् ।

WhatsApp Image 2025-10-14 at 17.10.15_c5544717

संस्थाले न्यूरोड काठमाडौं, सितापाईला काठमाडौं, धादिङबेसी धादिङ, चारआली झापा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरि जम्मा २२ वटा शाखा कार्यालय खोली कारोबार गर्दै आएको छ ।

संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ संस्थाका ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शिर्षकहरुमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरि आकर्षक व्याज प्रदान गर्दे निक्षेप संकलन गर्दै आएको छ 

 
 
बुधबार, २९ असोज २०८२, १० : ३९

प्रतिक्रिया