अपडेट

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड बन्दै, आज प्रतितोला कति पुग्यो ?

बुधबार, २९ असोज २०८२, १० : ५१

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर फेरि पनि नयाँ रेकर्ड बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । यससँगै बु्धबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार ३ सय २५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बुधबार ३ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
बुधबार, २९ असोज २०८२, १० : ५१

प्रतिक्रिया