काठमाडौं- नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यले नयाँ किर्तीमानी बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको हो ।
यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ । असअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया